मिर्गौला प्रत्यारोपण भएको ६ दिनपछि यस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य
फाइल फाेटाे।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ। गत बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले नियमित खानपान, हिडडुल र व्यायामलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएपनि डिस्चार्ज गर्ने समय अहिले भन्न नसकिने चिकित्सकहरुले बताएका छन्। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले नियमित रुपमा चेकजाँच भइरहेको र डिस्चार्ज कति दिनपछि हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए।
प्रधानमन्त्री ओलीको पहिलो पटक २०६४ साउनमा भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई मृगौदा दिने समिक्षा संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment