१४ दिनको क्वारेन्टाइनमा राखिएका व्यक्तिले क्वारेन्टाइन सकिने अन्तिम दिन आत्महत्या गरे
काठमाडौं। कोरोनाभाइसर संक्रमित भएको हुन सक्ने आशंकामा १४ दिनको क्वारेन्टाइनमा राखिएका व्यक्तिले क्वारेन्टाइन सकिने अन्तिम दिन अर्थात १४ औं दिन नै आत्महत्या गरेका छन् । ती व्यक्तिले क्वारेन्टाइन सकिने अन्तिम दिन नै किन आत्महत्या गरे भन्ने खुलासा भएको छेन । त्यो दिन क्वारेन्टाइनमा बिताएपछि उनी भोलिपल्ट घर परिवारसँग जान पाउँथे तर उनले अन्तिम दिन नै आत्महत्या गरेपछि अधिकारीहरु समेत आश्चर्यमा परेका छन् ।
आज तकको अनुसार घटना भारतको गुजरातको हो । गुजरातको बनारकांठामा क्वारेन्टाइनमा राखिएका ती व्यक्तिले शुक्रबार आत्महत्या गरेका हुन् । ती व्यत्तिःलाई २० मार्चदेखि क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनका लागि क्वारेन्टाइनमा राखिएका ती व्यक्तिको १४ दिनको अवधि शुक्रबार नै पूरा हुँदै थियो । आत्महत्याको पछमडि मानसिक तनाव कारण रहेको हुन सक्ने अनुमान गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment