नेपालमा आज थप ६ जनामा कोरोना पुष्टि

डिसी नेपाल
३ जेठ २०७७ १०:२५

काठमाडौँ । नेपालमा आज थप ६ जनामा कोरोना (कोभिड १९) पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवनका नागरिकमा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कारोना संक्रमितको संख्या २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो।

यसअघि शुक्रबार १८ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमित मध्ये ३६ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *