सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु
सुनसरी। सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
आज दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न जादा अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढलेको हो। रुखले च्याप्दा यादव घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल मृत्यु भएको सुचना अधिकारी खड्काले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment