मनास्लुमा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु

डिसी नेपाल
४ असोज २०८३ २०:१८

गोरखा । मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी (गाइड) फुर्सेम्बा शेर्पा रहेका छन्।

मकालु एड्भेन्चरमार्फत आरोहणमा गएका उनीहरू शनिबार तेस्रो शिविर (क्याम्प-३) पुगेका थिए। राति अचानक आएको हिमपहिरोले टेन्टभित्र सुतिरहेका दुवै जनालाई पुरेको स्थानीयले जनाएका छन्। मौसम बिग्रिएर भारी वर्षा र हिमपात भएपछि अन्य आरोहीहरू दोस्रो शिविरतर्फ झरेका थिए भने उनीहरू तेस्रो शिविरमै बसेका थिए।

घटनास्थलबाट दुवै जनाको शव सोमबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ।

यसअघि पनि मनास्लु आरोहणकै क्रममा सिंगापुरका ५० वर्षीय आरोही ल उई सेङ्ग र २० वर्षीय सहयोगी तासि शेर्पाको मृत्यु भएको थियो। सेङ्गको दोस्रो शिविरबाट तल झर्ने क्रममा र शेर्पाको टेन्टभित्रै मृत्यु भएको थियो।

पर्यटन विभागका अनुसार यो सिजनका लागि ४८० जना विदेशी आरोहीले मनास्लु आरोहणको अनुमति लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *