करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
४ असोज २०८३ २१:०६

काठमाडौं। प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको छ।

डाक्नेश्वरी-६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरीले लागुऔषध लुकाइ राखिएको भन्ने विशेष सूचना पाएपछि भोला र मङ्गलको घर तलासी गर्दा उक्त मात्रामा गाँजा जस्तो देखिने पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *