अर्थमन्त्रीको भारत भ्रमण निकै उपलब्धिपूर्ण रह्यो : रास्वपा

डिसी नेपाल
४ असोज २०८३ १८:२०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण रहेको जनाएको छ।

आइतबार पार्टी सचिवालय बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले अर्थमन्त्री वाग्लेले भारत भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेको जानकारी दिँदै भ्रमण उपलब्धिपूर्ण र राम्रो भएको बताए।

नेपालको सन्दर्भ जोड्दै उनले भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले बसेको कोठामा भारतीय झण्डा मात्र देखिएको विषयमा प्रश्न उठाइएको भन्दै त्यसको स्पष्टीकरण दिए।

उनले भने, ‘झण्डाको विषय सामान्य हो। भारतको अर्थमन्त्रीज्यूको कार्यकक्षमा भेट भएकाले त्यहाँ नेपालको झन्डा नराखिएको हो। द्विपक्षीय भेटघाट बाहिर अर्को कोठामा थियो। भारतका वित्तमन्त्रीको आफ्नै कार्यकक्षमा केही समय सामान्य कुराकानी गर्दाको तस्विर सार्वजनिक भएको हो।’

खरेलले औपचारिक द्विपक्षीय संवादमा भने दुवै देशका झण्डा राखिएको स्पष्ट पारे।

उनले भने, ‘दुवै तर्फको प्रतिनिधिमण्डल (डेलिगेट्स) सहितको औपचारिक द्विपक्षीय संवादमा प्रशस्त मात्रामा डिजिटल डिस्प्लेदेखि टेबलसम्म दुवै देशका झण्डा छन्। अर्थमन्त्री डा. वाग्ले बस्नुभएको ठाउँमा नेपालको र भारतीय मन्त्री बस्नुभएको ठाउँमा भारतको झण्डा छ। झण्डा एउटा प्राविधिक कुरा हो। तर त्योभन्दा महत्वपूर्ण कुरा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको उपलब्धी के हो भन्ने हो। भ्रमण निकै उपलब्धिपूर्ण रह्यो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *