विपद् प्रभावित बालबालिकाका लागि सरकारको ‘स्याहार योजना’ कार्यान्वयनमा

डिसी नेपाल
४ असोज २०८३ १८:११

काठमाडौं । विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा र संरक्षणलाई ध्यानमा राख्दै सरकारको ‘स्याहार योजना’ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

यस योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

विपद्का कारण परिवारबाट बिछोडिएका, बेवारिसे बनेका तथा विशेष संरक्षण र हेरचाहको आवश्यकता भएका बालबालिकालाई केन्द्रमार्फत तत्काल सहयोग पुर्‍याइनेछ। केन्द्रले प्रभावित बालबालिकालाई सुरक्षित आवास, पौष्टिक खानपान, आवश्यक स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श जस्ता आधारभूत सेवाहरू प्रदान गर्नेछ।

यसका साथै, परिवारबाट छुटेका बालबालिकाको अभिभावक वा परिवारको खोजी गरी उनीहरूलाई सुरक्षित रूपमा पुनर्मिलन गराउने कार्यमा समेत केन्द्रले मुख्य भूमिका खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *