गिनीका अवैतनिकदूतसहित जुवाखालबाट ९ जना व्यापारी पक्राउ

डिसी नेपाल
२० जेठ २०७७ ११:०१
4
Shares

काठमाडौं। लकडाउनको बेला व्यापारीहरु भेला भएर अनलाइन जुवा खेलिरहेको अवस्थामा कमलादीबाट गिनीका अवैतनिक वाणिज्यदूतसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको कमलादीस्थित बुटिक होटलमा जुवा खेलिरहेका ८ व्यापारी र होटल सञ्चालकलाई दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तले सोमबार राति पक्राउ गरेको हो। प्रहरीका अनुसार व्यापारीहरू नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतानलाई जुवा खेलिरहेका बेला पक्राउ गरिएको हो।

पक्राउ परेका मध्ये अशोककुमार अग्रवाल विशाल ग्रुपका सञ्चालक एवं गिनिका अवैतनिक वाणिज्य दूत हुन्।

वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। टोलीले होटल सञ्चालक कोलकताका मिक्की जोगाईलाई समेत पक्राउ गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामकुमार ज्ञवालीले ८ जुवाडे र एक जना होटल सञ्चालक पक्राउ गरिएको र उनीहरुलाई थप अनुसन्धानका लागि अदालतसँग समय माग्ने तयारी भैरहेको बताए। उनीहरूको साथबाट प्रहरीले १ सय ७९ चिप्स र २ लाख ७७ हजार नगदसमेत बरामद गरेको छ।

पक्राउ परेका मध्ये रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन्। संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो। उनी सुवास संघाईका भाइ हुन्।

र, संघाई ग्रुपका संचालक हुन्। पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन्। गोविन्दराम सरिया झापाको चिया उद्योगी हुन्। यसअघि सुलभ अग्रवाल लाई थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। सुलभ किर्गिस्तानका अवैतनिक वाणिज्य दूत थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *