जुवा-तास खेलिरहेको अवस्थामा नगदसहित ८ जुवाडे पक्राउ

डिसी नेपाल
२४ असार २०७७ ९:०२

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का ५५ वर्षीय घरधनी कर्माचार्य, ५७ वर्षीय गम्भीर श्रेष्ठ, वडा नं २ का ४५ वर्षीय सरस्वतीकुमार श्रेष्ठ , ४१ वर्षीय अनिलकुमार श्रेष्ठ, ४९ वर्षीय राजकुमार श्रेष्ठ, ४५ वर्षीय सूर्यकुमार श्रेष्ठ, ३५ वर्षीय पुष्प श्रेष्ठ र भारत कोलकाता घर भई हाल भरतपुर–२ बस्ने ३८ वर्षीय बप्पी खान रहेका छन् ।

उनीहरु विरुद्ध जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *