गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत एकलाख ५० हजार घुसहितस पक्राउ
काठमाडौं। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोमबार घुससहित रंगेहात पक्राउ परेका छन्। गोदावरी नपा– ११, बज्रबाराहीस्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सव–इन्जिनियर किशोर कुमार मोक्तानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। दुबैजना कार्यकक्षबाटै पक्राउ परेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment