कलंकीमा पहिरो
काठमाडौं। काठमाडौको कलंकिमा पहिरो गएको छ । सोमबार कलंकीको मुख्य चोक रुद्र बजारसँग जोडिएको स्थानमा पहिरो गएको हो । करिब १२ बजेतिर खसेको पहिरोले कुनै क्षति गरेको भने गरेको छैन । कलंकिका केही बजार विद्यालय जोखिममा परेका छ्न्। उक्त पहिरोको कारण स्थानीयमा त्रास बढेको छ ।
काठमाडौंको मुख्य चोक कलंकिमा गएको पहिरोले सवारी साधन आवतजावतमा समेत असर गरेको छ । आवतजावत नरोकिए पनि पैदल यात्रीदेखि सवारी साधन जोखिम मोलेर आवतजावत गरिरहेका छ्न्। त्यस्तै उपत्यकाका अन्य ठाउँमा पनि साना ठुला पहिरो गएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment