‘फोनमा कुरा गर्दा नि संक्रमित हुन्छौं झैं गरे, चित्त दुख्छ नि!’

डिसी नेपाल
१४ भदौ २०७७ ८:०९
12
Shares

एउटा मिटिङको लागि बर्दिवास गएको थिएँ। मिटिङमा भाग लिएका मध्ये केहीलाई कोरोना पोजेटिभ भयो भनेर फोन आयो। हुन त अलिअलि ज्वरो आएको जस्तो अनुभव गरेको थिएँ। तर, पछि मिटिङमा सहभागीमध्य कसैलाई कोरोना पोजेटिभ भयो भनेर खबर आएपछि परीक्षण गराइयो र पोजेटिभ आयो।

मलाइ त्यस्तो भएको केही दिनपछि पुनः सबै परिवारको गराइयो। आमाबुबा छोरा र छोर सबैलाई पोजेटिभ आयो। श्रीमतीलाई मात्र नेगेटिभ आएको थियो। घरका सबैलाई पोजेटिभ भएपछि हामीले डाक्टरको सल्लाहमा घरमै आइसोलेसनमा बस्ने निर्णय गर्यौं र घरमै बस्यौं। लक्षण कुनै पनि थिएन। हामीलाई ज्वरो पनि ९८/९९ मात्र देखिन्थ्यो। परीक्षण गरेको पोजेटिभ आयो।

पछि त यस्तो लाग्न थाल्यो की कोरोना भन्ने कुरो त परीक्षण गरेपछिमात्र देखिँदो रहेछ। हामी संक्रमित भयौं। श्रीमतीलाई केही भएन। छोराले दुध छोड्ने बेला भएकै छैन। सधैँ आमासँगै बस्यो। तर, आमालाई केही भएन। सामान्य जस्तो पनि लाग्न थाल्यो। यति डिप्रेसनमा कहिलै गएको थिइन। मैले गर्दा अरुलाई रोग सारे भन्ने जस्तो लाग्यो।

समाजमा कोही कसैलाई त्यस्तो भएको छ भने उसलाई हौसला प्रदान गर्नुहोस्। उसँग बोली दिनुहोस्। केही आवश्यक पर्यो कि भनेर सोध्नुहोस्। केही गर्नु नपरे पनि कमसेकम हामी छौं, हौसला राख केही हुँदैन भनेर भनिदिनुहोस्। अनि, सामाजिक दुरी कायम राख्नुहोस्।मनको दुरीलाई घटाउनुहोस्।

जव सानो बाबु, नानी, आमा बुबा, भान्जा, आफन्त जतिलाई देखियो। सबै मेरै कारणले हो झै लाग्यो। तै पनि सबैलाई सान्त्वना दिने कोसिस गरेँ। आफूलाई धेरै भएजस्तो देखाएन। अरुलाई केही हैन झै गरिरहेँ। भित्र भित्र त मलाइ एकदमै पोलेको थियो। मैले त्यो मिटिङमा नजानु पर्ने रहेछ झैं पनि लाग्यो। विस्तारै हामी रिकभर हुँदै गयौं।

सबै जना घरमै थियौं। एक्लै बस्न परेको जस्तो असाध्यै तितो अनुभव भएन। बुझ्ने साथीहरुले पनि बेलाबेलामा फोन गरेर आत्तिनु पर्दैन केही हुँदैन, आत्मबल बनाइराख भन्नुहुन्थ्यो। म धेरै पटक उहाँहरुले भनेको कुरालाई सम्झन्थेँ। मनलाई बाँधेर राख्ने उपाए बनाएको थिएँ साथीहरुको सुझाव सल्लाहलाई। तर, नजिकैका छिमेकी, आफन्तहरुले भेटघाट, हौसला भन्ने त कहाँ हो कहाँ फोनबाट हालखबर बुझ्दा पनि संक्रमित हुन्छौं झैं गरे।

चित्त दुख्छ नि। नजिकैका आफन्तले त्यस्तो गर्दा कसको चित्त दुख्दैन होला। समाजमा त्यस्तो व्यवहार गर्ने भएकै कारण होला सायद कोरोनका कारण धेरैको ज्यान जाने। मैले त बुझेको, अनुभव गरेको कुरा के हो भने कोरोना आफैंमा केही होइन।

कोरोनालाई समाजले भयावह बनाएको छ। समाजका केही त्यस्ता तुच्छ व्यक्तिहरु र उनीहरुको व्यवहारले कोरोनाका कारण नै ज्यान जानेसम्मको स्थिति आउने रहेछ। हामी सबैले. एक अर्कालाई सहयोग, सद्भाव राखेर अगाडि बढ्नु पर्छ भन्ने मलाइ लाग्छ। जसरी हाम्रो हरेक खेलको जितका लागि टिमको को–वर्क आवश्यक पर्छ।

कोरोना विरुद्धको लडाईमा पनि सबैले को–वर्कका साथ काम गर्नु पर्छ। समाजमा सद्भाव कायम राख्नु पर्छ। कोरोना अपराध होइन, कुनै दैवीश्राप पनि होइन। किन हामीले कोरोना संक्रमितलाई यस्तो व्यवहार गर्छौं। किन उनीहरुको अफ्ठेरो बेला हौसला प्रदान गर्दैनौँ। सबै मिलेर लड्ने लडाई हो भोलि तपाईँको पालो आउँदा समाज हाँस्ने वातावरण नबनाउनुहोस्।

विषेशतः खानेकुरामा हामीले मासु बाहेकका सबै थोक खायौं। एक किसिमको रुटिङ नै बनाएका थियौं। विहान तातोपानी खाने, अनि चिया खाने, खाना खाने दिउँसोमा फेरि अदुवा, बेसार, गुर्जो, तेजपत्ता, मरिच आदिको झोल बनाएर खाने गरेका थियौं। जे होस यस्तो झोल पदार्थहरुले धेरै सपोर्ट गर्दो रहेछ।

यस्तो चिजहरु त सामान्य अवस्थाका मान्छेले पनि खाँदा हुन्छ। यी चिजहरुले तपाईँको शरीरमा भाइरसको प्रवेशमै रोक लगाउँछ जस्तो लाग्छ। अन्त्यमा मैले सबैलाई अनुरोध गर्नु पर्ने कुरा भनेको रोग लाग्नै नदिन प्रयास गर्नुहोस्। रोग लागिहाल्यो भने पनि नआत्तिनुहोस्। हौसला राख्नु होस्। रोग लागेको छ भन्ने कुरा नै दिमागबाट हटाउनुहोस्।

समाजमा कोही कसैलाई त्यस्तो भएको छ भने उसलाई हौसला प्रदान गर्नुहोस्। उसँग बोली दिनुहोस्। केही आवश्यक पर्यो कि भनेर सोध्नुहोस्। केही गर्नु नपरे पनि कमसेकम हामी छौं, हौसला राख केही हुँदैन भनेर भनिदिनुहोस्। अनि, सामाजिक दुरी कायम राख्नुहोस्।

मनको दुरीलाई घटाउनुहोस्। सेनिटाइजर, मास्क जस्ता सिधै रोगको आक्रमणबाट बचाउने चिजको प्रयोगमा विशेष ध्यान दिनुहोस्। रोग लाग्दै नदिने उपाए जति हुन्छ अपनाउनुहोस्।

पूर्व क्रिकेटर  दाससँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *