८१ वर्षकाे उमेरमा काेराेनासँग भिड्दा

डिसी नेपाल
१८ भदौ २०७७ ७:३६
8
Shares

सामान्यतः दैनिक हिँड्डुल गर्नु पर्ने बानी। सधैंजसो बिहान उठेर हिड्ने गर्थेँ। हिँड्दा–हिँड्दै कँहाबाट संक्रमित भएँ थाहा भएन। एक्कासी ज्वरो आयो। छोराले चेकअप गराए। कोरोना भन्ने चिज भएछ। अलिदिन गाह्रो पार्छ कि भन्ने सोचेको थिएँ, २ दिन सुतायो। २ दिन पनि पुरै ज्वरो आएन।

कोरोना संक्रमण भयो भन्ने कुरा पनि थाहा भएन। मैले केही अनुभव नै गरिन। ज्वरो त सधैं जसो आइरहेने भएकाले यसलाई धेरै ठूलो रुपमा पनि लिइन। आउँछ जान्छ झैं लाग्यो। यिनीहरु (परिवार) ले के के खुवाउँदै दिए। मैले त सबै थोक खाएँ।

तातोपानी अलि बढी खाएँ। धेरैपटक खुवाए। अनि नियमित खाने खाना। माछा, मासु, खुब खाएँ। पेलेरै खाएँ भनौं। दही पनि खाएँ। दही त नखाएको भए हुने भन्दै थिए। मेरो मनले नै मानेन मैले त आफूलाई रुचे जतिको खाएँ।

गुर्जो पानीहरु पनि खाने गरेको छु। ज्वरो आउँदा खाएको थिएन, ज्वरो सकिएपछि सुरु गरेको हो। अहिले त फेरि मेरो नियमित दैनिकी सुरु भएको छ भन्नु पर्छ। मैले खाने, हिँडडुल गर्ने गरीरहेको छु। विहान दैनिक हिड्ने बानी छ। बुढोमान्छे हिँडिन भने कता कता के के भएजस्तो हुन्छ।

हरेक विमारी मान्छेलाई सान्त्वना दिनु पर्छ। हौसला दिनु पर्छ। अझ यो कोरोनालाई त मान्छेले त्यसै हाउँगुजी गराए झै लागेको छ। केही नभाकोलाई पनि डोमिनेट गरे झै हुने। अलि अलि डिप्रेसनमा भएको मान्छे कोरोना संक्रमित भएपछि र समाजले यस्तै व्यवहार गर्दा कति हुन्छ र जीवन।

हिँड्छु नि बेस्सरी। करिव २ घण्टा जति हिडेर आउँछु विहानीमा मात्र। त्यसरी हिँड्दा शरीरलाई पनि राम्रो हुन्छ। यस्ता रोग सोग त केही पनि आउँछन् भन्ने लाग्दैन मलाइ। सायद कोरोना डराएको पनि यही कारण होला। आत्मबल यसको मात्र नभई धेरै रोग, परिस्थिति र बेला वखतको लागि नै हो।

हाम्रो जीवन जिउने क्रममा हामीले धेरै उकाली ओराली गर्नु पर्छ। ती उकाली ओरालीहरुमा आत्मबल बिना त मानव भौतिक शरीरको के काम। म ८१ वर्षको मान्छे मैले जीवनमा यस्ता रोग, भोकसँग त कति लडेँ लडेँ नि। हरेक ठाउँमा आत्मबल चाहिँन्छ नै।

तर, यो कोरोनाका लागि त आत्मबल भने पनि जे भने पनि यो चिज केही होइन जस्तो लाग्यो। मज्जैले दिनमा ४/५ लिटर पानी पिउने हो भने कोरोना शरीरमा रहँदैन। मेरो अनुभवले पनि यही करालाई अलि बढवा दियो। २ दिन ज्वरो आएर म बसेको हो। त्यसपछि केही भएन। खान टुटाइन। बुढोमान्छे अलिकति कमजोर भएको झैं भा छ। यतिको त हुन्छ नै। मान्छे कोरोना लाग्यो भन्दैमा आधा घट्छन्।

समाजको त कुरै नगरौं। त्यो बाटो नै नहिँडौं भन्ने। हाम्रो घरको बाटो हिँड्यो भने पनि कोरोनाले अँगालो मार्छ झै गर्ने । हाम्रो समाजकै कारण हो जस्तो लाग्छ मलाइ त धेरैले आत्महत्या गर्ने। धेरैले कोरोनाका कारण ज्यान गुमाउनु पर्ने। यो सबै समाजले गर्दा हो।

हरेक विमारी मान्छेलाई सान्त्वना दिनु पर्छ। हौसला दिनु पर्छ। अझ यो कोरोनालाई त मान्छेले त्यसै हाउँगुजी गराए झै लागेको छ। केही नभाकोलाई पनि डोमिनेट गरे झै हुने। अलि अलि डिप्रेसनमा भएको मान्छे कोरोना संक्रमित भएपछि र समाजले यस्तै व्यवहार गर्दा कति हुन्छ र जीवन।

स्थानीय तहहरुले यस्ता विषयमा ख्याल गर्नु पर्छ भन्ने हो। वडा अध्यक्ष बाहेक कसैले केही पनि कुरा गरेनन्। ८१ वर्षको मान्छेले कोरोना जितेको छु। स्थानीय तहहरुका लागि कोरोनाका विरुद्ध सचेतना फैलाउने यो भन्दा ठूलो उदाहरण के हुन्छ होला। कमसेकम स्थानीय निकायहरुले पनि कोरोना संक्रमितको घरदैलोमा पुगेर के कसो छ भनेर बुझिदिएपछिमात्र पनि विरामीको हौसला बढ्थ्यो होला झै अनुभव भएकाे छ।

र अर्को कुरा स्थानीय निकायहरुले संकटको बेला हरेक नागरिकलाई सचेतना दिन जरुरी छ। सरकारले मात्र गर्छ भन्नु हुन्न यस्तो बेलामा । काठमाडौंको सरकारलाई स्थानीय निकायमा कस्ता व्यक्तिहरु बस्छन्।

कसलाई कुन भाषा र कुन शैलीमा सम्झाउँदा सम्झिन्छन भन्ने त थाहा न होला। स्थानीय निकायलाई त त्यो सबै कुरा थाहा हुन्छ नि। किन उहाँहरुले आफ्नो मातहतको सर्वसाधारणलाई नसम्झाउँने त ? उहाँहरुले सचेतनाका कार्यक्रमहरु सुरु गरेपछि कोरोना नियन्त्रणमा सरकार चाडैँ सफल हुथ्यो होला भन्ने अनुभव हो।

८१ वर्षीय बृद्ध महेन्द्रमान बस्नेतसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *