स्थानीय तहका रिक्त पदाधिकारीको विवरण माग

डिसी नेपाल
२६ भदौ २०७७ १६:५३

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले समितिलाई पत्र लेख्दै यही भदौ ३० गतेभित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन दिएका हुन् ।

यसअघि सरकारले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण सङ्कलन गरी उपनिर्वाचन गरेको थियो । गत मङ्सिर १५ गते निर्वाचन आयोगले विभिन्न कारणले रिक्त स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । उक्त उपनिर्वाचन स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाका अध्यक्ष, एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि भएको थियो । यस्तै सोही उपनिर्वाचन प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नंं २, प्रदेशसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नंं १ को क, बागलुङ क्षेत्र नंं २ को ख र दाङ क्षेत्र नंं ३ को खमा पनि निर्वाचन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.