पूर्वसभामुख महराद्वारा थारु सङ्ग्रहालयको अवलोकन

डिसी नेपाल
२६ भदौ २०७७ १८:४९

तुलसीपुर । पूर्वसभामुख कृष्णबहादुर महराले दाङ दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयको अवलोकन गरेका छन् । थारुको पहिचान तथा सँस्कृति झल्किने उद्देश्यले निर्माण गरिएको उक्त सङ्ग्रहालयको उनले आज अवलोकन गरेका हुन् ।

सङ्ग्रहालयमा थारु समुदायको इतिहास, उत्पति, भेषभुषा, कला संस्कृति, रहनसहन, खानपान, चाडपर्व, दंगीशरण राजाको सालिकलगायतका सामग्री राखिएको छ । यसले थारु समुदायको पहिचानलाई जोगाइ राख्न मद्दत गर्ने पूर्वसभामुख महराले बताए ।

थारुका राजा दंगीशरणले राज गरेको जिल्लामा यसरी व्यवस्थित तरिकाले संग्रहालय निर्माण गरी सञ्चालन गर्नुले पर्यटन क्षेत्रको समेत विकास हुने उनको भनाइ थियो । दाङ थारु समुदायका लागि ऐतिहासिक ठाउँ भएको र यही जिल्लामा थारु संग्रहालय निर्माण हुनुले जिल्लाको पर्यटनले फड्को मार्ने उनले बताए ।

त्यस अवसरमा महतवा महासंघका केन्द्रिय अध्यक्ष तथा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले सङग्रहालय हेर्न दैनिक पाँच सयदेखि एक हजार मान्छेसम्म आउने गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.