सशस्त्र प्रहरीको १४ औं बिओपी उद्घाटन

डिसी नेपाल
२ असोज २०७७ २१:४२

कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँईमा आज सशस्त्र प्रहरी बल नेपालको १४ औं बोर्डर आउट पोष्ट(बिओपी)को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरिशङ्कर बुढाथोकीले बोर्डर आउट पोष्टको उद्घाटन गरेका हुन्।

पोष्टको उद्घाटन गर्नुहँदै उनले राष्ट्रहितलाई सर्वोपरी ठानेर कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रका जनतालाई शान्ति सुुरक्षाको अनुभूति हुने गरी काम गर्नुर्ने बताए। “सीमा अपराध रोक्नका लागि प्रभावकारी रुपमा कार्य गर्न कटिवद्ध हुनुपर्छ”, उनले भने, “यसका लागि २४ सै घण्टा नसुतेर सुरक्षा गर्न सधैं तत्पर हुनुपर्छ ।” उद्घाटन गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्कीको कमाण्डमा ३५ जनाको टोलीलाई खटाइएको छ । यहाँको भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १४ बिओपी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.