सप्तरीमा कोरोनाबाट पुरुषको मृत्यु

डिसी नेपाल
१६ असोज २०७७ १८:०९

सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए । ती पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो ।

यसअघि भक्तपुर अस्पतालमा उपचाररत् सप्तरीका ४८ वर्षीय पुरुषको हिजो साँझ सङ्क्रमणबाट मृत्यु भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा सुनिल ढुंगेलले जानकारी दिए। सङ्क्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ । सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *