धुम्बाराहीको पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीको कब्जा !
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले कब्जा जमाएको छ। ओली समूहले पार्टी कार्यालयमा ताल्चा लगाएर पार्टी कार्यालय आफ्नो कब्जामा लिएको बताइएको छ।
नेकपा भित्रको आन्तरिक विवादका कारण यस अघि प्रधानमन्त्री ओलीले संसद भंग गरेपछि पार्टीभित्र प्रस्ट रुपमा दुई धार देखिएका छन् । पार्टीका दुई गुट ओली समूह र प्रचण्ड–नेपाल समूहले अलग अलग केन्द्रीय कमिटिको बैठक बोलाएका बेला पार्टीको केन्द्रीय कार्यालय ओली समूहले कब्जामा लिएको बताइएको छ।
दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई कारवाहीका लागि निर्वाचन आयोगमा पत्र पठाइसकेको दावी गर्दै आएका छन्। आज बसेका छुट्टा छुट्टै केन्द्रीय कमिटीका बैठकबाट एकले अर्कालाई कारवाही गरेको घोषणा गर्ने प्रायः निश्चित मानिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment