दुबईबाट फर्किएकी निर्मला विमानस्थलबाट पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेकी कैलालीकी ३३ वर्षीया निर्मला साउद दुबईबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।
पतिसँगै विगत तीन वर्षदेखि दुबईमा बस्दै आएकी साउद बालबच्चा भेट्न नेपाल आएका बेला अध्यागमन जाँचका क्रममा फरार सूचीमा देखिएपछि विमानस्थल सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी प्रवक्ता एसपी राजकुमार सिलवालका अनुसार उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment