संसदीय दलकाे उपनेताबाट सुवास नेम्वाङलाई हटाउने नेकपा प्रचण्ड–नेपाल पक्षको निर्णय

डिसी नेपाल
१९ फागुन २०७७ १४:३४
352
Shares

काठमाडौं। नेकपा प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई हटाउने निर्णय गरेको छ।

बैठकले संसदीय दलको उपनेताबाट  नेम्वाङ, प्रमुख सचेतकबाट विशाल भट्टराई, सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले जानकारी दिए।

‘पार्टी विरोधी गतिविधि गरेको भन्दै विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, शान्ता चौधरी लगायतका साथिहरुलाई पार्टीबाट निष्कासन गरिएको छ’, पुनले भने। उनका अनुसार अन्य सदस्यहरुलाई पार्टी विरोधी गतिविधि नगर्न सचेत गराइएको छ। नेकपाको आनतरिक विवादका कारण पार्टीबाट निष्कासन गर्ने गराउने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *