नेकपा ओलीसमूहले बोलायो संसदीय दलको बैठक

डिसी नेपाल
२० फागुन २०७७ १९:५६
936
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलीसमूहले फागुन २२ गते दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओलीसमूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

‘संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्रीले २२ गते दिउँसो ३ बजे बैठक बोलाउनुभएको छ। अब कसरी जाने भन्ने बैठकमा निर्देशन हुन्छ’ उपनेता नेम्वाङले भने । उनका अनुसार नेकपाका सबै सांसदलाई एसएमएसमार्फत सूचना दिइएको छ ।

प्रचण्ड माधव समूहले भने बिहिबार सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *