प्रचण्ड र माधव नेपालबीच डेढ घण्टा गोप्य भेट

डिसी नेपाल
१२ चैत २०७७ १७:४९
632
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार गोप्य भेट भएको छ। भेटमा नेकपा नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी रहेको स्रोतले बतायो।

स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा गोप्य भेटवार्ता भएको हो। सो भेट एमाले र माओवादीको एकीकरण खारेज गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकन केन्द्र विषयमा केन्द्रित रहेको स्रोतले जनायो।

दुई नेताहरुबीच करिब डेढ घण्टा छलफल भएको थियो। तीन बजेबाट साढे ४ बजेसम्म भएके सो भेटमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबारे पनि छलफल भएको जनाइएको छ।

माओवादी केन्द्रले यसअघि नै केन्द्रीय समितिको बैठकबाट सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरिसकेको छ भने माधव समूहले पनि सर्वोच्चको फैसलाप्रति असन्तुष्टि व्यक्त गरिरहेको छ। शुक्रबार नै माओवादी केन्द्र पुनरावलकोकनमा जाने तयारीमा छ।

यसबैची माधव नेपालसँगको छलफलपछि सिहंदरबारमा माओवादी संसदीय दलको बैठक बसेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *