अन्तर्राष्ट्रिय मित्रता दिवस: पुस्तक र अध्ययनसँग जोडिँदै युवाको आत्मीय सम्बन्ध (तस्बिर)

डिसी नेपाल
१४ साउन २०८३ ७:३९

काठमाडौं। विश्वभर आज जुलाई ३० का दिन ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाइँदै गर्दा नेपालका प्रमुख पुस्तकालय तथा अध्ययन केन्द्रहरूमा विशेष दृश्य र बेग्लै उत्साह देखिएको छ।

साथीभाइसँग भेटघाट र रमाइलो गर्ने परम्परागत शैलीभन्दा फरक, ज्ञान साटासाट गर्दै र पुस्तक अध्ययनमा रमाउँदै युवाहरूले आजको दिनलाई अझ अर्थपूर्ण बनाएका छन्। पुस्तकालयहरूमा भेला भएर सँगै पढ्ने, आफूलाई मन परेका पुस्तकहरू एक-अर्कामा उपहार स्वरूप आदानप्रदान गर्ने र शैक्षिक विषयहरूमा गहन छलफल गर्ने युवाहरूको उपस्थिति ले मित्रताको परिधीलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी ज्ञान र बौद्धिक विकाससँग जोडेको छ।

पछिल्लो समय युवा पुस्तामा पठन संस्कृति (रिडिङ कल्चर) प्रतिको आकर्षण बढ्दै जाँदा यस्ता अवसरहरूलाई रचनात्मक रूपमा मनाउने क्रम पनि बढेको छ। संयुक्त राष्ट्रसंघले विभिन्न देश, संस्कृति र समुदायका मानिसहरूबीच शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम राख्न मित्रताले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै जुलाई ३० लाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा मान्यता दिएको हो।

काठमाडौंका केन्द्रीय पुस्तकालय, क्याम्पसका ई-लाइब्रेरी तथा सामुदायिक अध्ययन केन्द्रहरूमा युवाहरूले एक-अर्कालाई राम्रा पुस्तकहरू सिफारिस गर्दै र बौद्धिक विमर्शमा सहभागी भई दिवस मनाएका हुन्।

‘किताब नै मानिसको सबैभन्दा असल र निस्वार्थ मित्र हो’ भन्ने भनाइलाई सार्थक तुल्याउँदै पुस्तकालय पुगेका अध्येताहरूले ज्ञानको साझेदार नै वास्तविक मित्र हुने सन्देश दिएका छन्।

साथीभाइबीचको आत्मीयतालाई अध्ययन र वैचारिक आदानप्रदानसँग जोड्ने यो नयाँ अभ्यासले समाजमा सकारात्मक सोच र पठन संस्कृतिको प्रवर्द्धनमा थप टेवा पुर्याउने विश्वास लिइएको छ।

तस्बिर : सक्षम घिमिरे / नेपाल न्युज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *