योगेश भट्टराई भन्छन् : लचकता अपनाउने हो भने पार्टी फुटबाट जोगाउन सकिन्छ

डिसी नेपाल
१२ चैत २०७७ २१:०८
368
Shares

काठमाडौं। वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव योगेश भट्टराईले सबैले लचकता अपनाए पार्टी फुटबाट जोगाउन सकिने बताएका छन्। बिहीबार राति ट्वीट गर्दै भट्टराईले थोरै पनि लचकताबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव रहेको भन्दै यसमा सबैले पहल गर्नुपर्ने बताएका छन्।

वरिष्ठ नेता माधवुकमार नेपालसहित ४ जनालाई सोधिएको स्पष्टीकरणको बिहीबार नै नेताहरुले स्पष्टीकरण दिएका छन्। तर स्पष्टीकरणपछि ती नेताहरुमाथि कारबाहीको डण्डा चल्न सक्ने अनुमान गरिएको छ। किनकी स्पष्टीकरणमा उल्टै अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरिएको छ।

एमाले फुटको संघारमा पुगेका बेला नेता भट्टराईको यो ट्वीट आएको हो। उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौं। थोरै पनि लचकताबाट यो संभव छ। बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ। अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *