एमाले संसदीय दलको बैठक आज बस्दै

डिसी नेपाल
१३ चैत २०७७ ७:४७
68
Shares

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ। दिउँसो ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्ने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

डिसी नेपालसँग कुरा गर्दै भट्टराईले भने, ‘एमालेका सम्पूर्ण सांसदहरुलाई ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्ने भनी एसएमएस पठाइएको छ।’

प्रतिनिधिसभामा पार्टीका सांसदहरुको भूमिकाका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भट्टराईले जानकारी दिए।

फागनु २३ गते सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापना गरेपछि तीन पटक दलको बैठक बसेको छ। अहिलेसम्म माधवकुमार नेपाल समूहका सांसदहरु भने उपस्थित भएका छैनन्।

तर, उक्त समूहले चैत ७ गतेको बैठक चलिरहेका बेला बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो। प्रतिनिधिसभामा नेकपा एमालेका कुल १ सय २० सांसद मध्ये नेपाल समूहमा ३५ जना छन्।

भोलि हुने संसदीय दलमा जाने कि नजाने भन्ने बारे छलफल भइनसकेको एक सांसदले जानकारी दिइन्। उनका अनुसार शीर्ष नेताहरुबीच छलफल भएपछि निष्कर्ष आउने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *