गण्डकी प्रदेशका दुई माओवादी मन्त्रीद्वारा राजीनामा
काठमाडाैं। गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार राजीनामा दिएका हुन्।
बुधबार माओवादीको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम आफूहरु दुवैजनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन्। तीन वर्षसम्म सरकारमा रहँदाको साथ र सहयोगका लागि उनले मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरेका थिए।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन्। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई अहिलेसम्म माओवादी र राजमोको समर्थन छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment