ढुंगामा च्यापिएर २७ वर्षीय युवकको मृत्यु
जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडामा ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ठूलो ढुङ्गाले च्यापिँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिंजा गाउँपालिका–३ भुलीगाउँका २७ वर्षीय राजीव शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार अपराह्न करिब २:३० बजे आफ्नै घर निर्माणका लागि ढुङ्गा निकालिरहेका बेला अचानक माथिबाट ठूलो ढुङ्गा खसेर शाही च्यापिएका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी नराकोटबाट खटिएको टोलीले उद्धार गरी उनलाई नराकोट स्वास्थ्य चौकी पुर्याएको थियो। त्यहाँबाट थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिए पनि उपचारकै क्रममा बेलुका ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाको वास्तविक प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment