राष्ट्रिय सहमतिमा निर्वाचन गरौं : कांग्रेस नेता गिरी
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप गिरीले राष्ट्रिय सहमतिका साथ निर्वाचन गर्न सबैलाई आग्रह गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता गिरीले निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको बताए।
उनले भने, ‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन हो। निर्वाचनमा जानै पर्ने भए मेरो गोरुको बाह्रै टक्का नभनि राष्ट्रिय सहमतिमा निर्वानमा जानु पर्छ।’
नेता गिरीले प्रधानमन्त्री ओलीलाई संसद विघटनको दोश्रो प्रयास नगर्न पनि आग्रह गरेका छन्। विरामी प्रधानमन्त्री भन्दै गिरीले सबै असन्तुष्ट पक्षलाई मिलाएर नयाँ युगमा प्रवेश गर्न समेत ओलीलाई आग्रह गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment