कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते

डिसी नेपाल
३० चैत २०७७ १८:३५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने भएको छ ।

सोमबार दिउँसो २ बजे बस्ने तय भएको केन्द्रीय समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण अन्तिम समयमा आएर स्थगित भएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर ५ वैशाखका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकमा आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्नेबारे छलफल हुने बताइएको छ ।

यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *