पूर्व लडाकुको नाममा राजनीति धेरै भयो : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी पूर्व लडाकुको नाममा धेरै राजनीति भएको बताएका छन्। बुधबार राजधानीमा आयोजित लोकतन्त्रका योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले लडाकुको नाममा राजनीति धेरै भएको उल्लेख गर्दै अब त्यस्तो नहुने बताएका हुन्।
बुधबार पूर्व लडाकुसहित जनआन्दोलनका घाइतेहरुलाई पनि सरकारले लोकतन्त्रका योद्धाका रुपमा सम्मान गरेको छ। प्रधानमन्त्री ओलीले माओवादी द्वन्द्वका क्रममा नेताहरु विदेशमा बसेको तर लडाकुहरुले भने लोकतन्त्रका लागि लडेको बताए।
उनले माओवादीका शीर्ष नेताहरुले विलासी जीवन बिताएको तर, लोकतन्त्रका लागि लड्नेहरुले दुःख पाउनुपरेको बताए। उनले अहिले पनि जनतालाई उकासेर द्वन्द्व निम्त्याउन खोजिएको बताए। उनले माओवादी द्वन्द्वले सफतलता पाउँदै भन्ने आफूलाई शुरुदेखि नै लागेको बताए। उनले यो कुरा आफूले अध्ययन र अनुसन्धान गरेर भनेकोसमेत बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment