राष्ट्रिय सभा सदस्य र गृहमन्त्रीबाट पद मुक्त भएका बादल फेरि गृहमन्त्री बन्दै, आजै सपथ

डिसी नेपाल
५ वैशाख २०७८ १२:०२
128
Shares

काठमाडौं। राष्ट्रिय सभा सदस्यसँगै गृहमन्त्री पदबाटसमेत मुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै गृहमन्त्रीमा नियुक्ती गर्दैछन्।

बादललाई आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउने कार्यक्रम रहेको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिसी नेपाललाई जानकारी दिए।

माओवादी केन्द्रले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलार्य पत्र पठाएपछि सचिवालयले आइतबार थापाले पद रिक्त रहेको सूचना जारी गरेको थियो।

बादल राष्ट्रिय सभा सदस्यसँगै गृहमन्त्रीबाटसमेत पदमुक्त भएपछि प्रधानमन्त्री ओलीले बादललाई आजै गृहमन्त्रीमा पुनः नियुक्ती गर्न लागेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि माओवादीबाट कारवाहीमा परेर सांसद र मन्त्री पद गुमाएका मन्त्रीहरुलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *