बादल गृहमन्त्री नियुक्त

डिसी नेपाल
५ वैशाख २०७८ १४:१६
204
Shares

काठमाडौं। नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति  विद्यादेवी भण्डारीले बादललाई गृहमन्त्रीमा नियुक्ती गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई गृहमन्त्रीमा नियुक्ति गरिएको जनाएका छन्।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएकाे छ।

माओवादी केन्द्रले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि सचिवालयले आइतबार थापाले पद रिक्त रहेको सूचना जारी गरेको थियो।

बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *