एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, नेपाल समूह नजाने

डिसी नेपाल
६ वैशाख २०७८ ८:३६
84
Shares

काठमाडाैं। सत्तारुढ नेकपा एमालेको हाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ। बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। तर माधव नेपाल पक्ष सहभागी नहुने भएका छन्।

एमालेका अनुसारसो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ।
पछिल्लो समय एमालेमा आन्तरिक विवाद चुलिएको छ।

कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली समूह क्रुद्ध बनेको छ। नेपाल समूहले भने कर्णालीको घटना अरू प्रदेश र केन्द्रमा पनि दोहोरिन सक्ने बताएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *