अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दाः संवैधानिक इजलासमा सुनुवाई हुँदै

डिसी नेपाल
८ वैशाख २०७८ ११:२८
256
Shares

काठमाडौं। काभ्रेका अर्जुन लामा हत्यामा संलग्न रहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यान मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संयोजकत्वमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलास गठन गरिएको छ।

तत्कालिन विद्रोही माओवादीका नेता सापकोटाकै संलग्नतामा लामाको हत्या भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा मुद्दा दायर गरेकी छन्। लामो समयसम्म पेशीमा नचढेको यो मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुने भएको हो।

सापकोटा सभामुख बन्दैगर्दासमेत यो विषयले चर्चा पाएको थियो। त्यतिबेला ज्यान मुद्दाका आरोपीलाई सभामुख बनाउन नहुने भन्दै चर्को विरोध भए पनि तत्कालिन नेकपाले उनलाई सभामुखको उम्मेदवार बनाएको थियो भने उनीविरुद्ध कसैले उम्मेदवारी नदिएपछि सर्वसम्मत सभामुखमा निर्वाचित भएका थिए। मुद्दामा सपाकोटा दोषी ठहर भए जेल सजाय भोग्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *