माधव नेपाल समूहलाई बाहिर राखेर एमाले स्थायी कमिटी घोषणा

डिसी नेपाल
१० वैशाख २०७८ १३:५०
196
Shares

काठमाडौं। नेकपा एमालेले निलम्बित नेता माधव नेपाल समूहलाई बाहिर राखेर स्थायी कमिटीको घोषणा गरेको छ। शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी घोषणा गरेको छ।

जसमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका नेता र बामदेव गौतमलाई समेटिएको छ। तर माधव नेपाल समूहका कुनै पनि नेता स्थायी कमिटीमा परेका छैनन्। ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको हाे।

यसअघि एमालेका खनाल-नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, याेगेश भट्टराई, गाेकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्याैपाने सदस्य थिए। तर उनीहरू कसैलाई पनि स्थायी कमिटीमा समेटिएकाे छैन।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *