‘कमेडी क्याफेको नयाँ संस्करण हाउडे संस्करण’ को प्रोमो सार्वजनिक, विशेष अतिथिमा प्रियंका र आयुष्मान देखिने
काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी क्याफे’को नयाँ संस्करण ‘हाउडे एडिसन’को प्रोमो सार्वजनिक गरिएको छ।
नयाँ एपिसोडमा चर्चित कलाकारहरू प्रियंका कार्की र आयुष्मान देशराज जोशी विशेष अतिथिका रूपमा उपस्थित हुने भएका छन्।
सुत्र मिडिया प्रालिको प्रस्तुति रहेको यस कार्यक्रममा दिनेश काफ्ले (हाउडे), जान्हवी बस्नेत, अमरेद्र यादव र सुबोध गौतमलगायतका हास्य कलाकारहरूको दमदार प्रस्तुति रहनेछ।
कार्यक्रम बुधबार राति ८ बजे इमेज च्यानलबाट एचडीबाट प्रशारण हुनेछ। यस्तै कार्यक्रम सुत्र टिभी एचडीमा राति ९ बजे देख्न सकिनेछ।
कार्यक्रमको कन्सेप्ट तथा क्रिएटिभ हेड उल्लास माक्रती, निर्देशक सन्तोष खनाल, सेट डिजाइनर दिपक सापकोटा रहेका छन्। यस्तै मेकअपमा सुष्मा श्रेष्ठ शाक्य, उत्पादन, सम्पादन तथा संगीत ग्रब न्यूजको रहेको छ।
कार्यक्रमको मुख्य प्रायोजकमा करेन्ट हट एन्ड स्पाइसी नुडल्स, कोस्मेटिक पार्टनरमा प्युर डर्मा (एक युरोपेली कम्पनी), स्किनकेयर पार्टनरमा श्री हर्बल, इन्टरनेट पार्टनरमा डिशहोम इन्टरनेट, फुड पार्टनरमा सिलौटो, अनामनगर, डिजिटल मिडिया पार्टनरमा सुत्र टिभी एचडी र टेलिभिजन पार्टनरमा इमेज च्यानल एचडी रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment