राष्ट्रियसभाको एक सिटका लागि हुने उपनिर्वाचनमा डेढ करोडभन्दा बढी खर्च हुने

डिसी नेपाल
१४ वैशाख २०७८ १७:०१

काठमाडौं। आगामी जेठ ६ हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले बजेट अनुमान गरेको छ। निर्वाचन आयोगले सम्वत् २०७८ साल जेठ ६ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ तयार गरेको छ। आयोगले उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा १ करोड ६१ लाख ३० हजार बजेट अनुमान गरेको छ।

तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका रामबहादुर थापा बादलले दल त्यागेपछि उनको पद रिक्त भएको छ। सो रिक्त स्थानका लागि उपनिर्वाचन हुन लागेको हो। एमालेले उनलाई फेरि उम्मेदवार बनाएको छ। तर, अन्य दलहरुले उम्मेदवार बनाइसकेका छैनन। यही वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुलेमात्र मतदान गर्न पाउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *