पश्चिम बंगाल चुनावः ममता आफू पराजित, पार्टीलाई प्रचण्ड बहुमत

डिसी नेपाल
१९ वैशाख २०७८ २२:०४
3.4k
Shares

काठमाडौं। भारतको पश्चिम बंगला राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना परिणाम अनुसार तृणमुल काँग्रेस (टीएमसी)ले प्रचण्ड बहुमत ल्याएको छ। सो पार्टीले लगातार तेस्रो पटक राज्यमा जित हात पारेको हो।

सो पार्टीकी नेता तथा मुख्यमन्त्री ममता बनर्जी आफू भने पराजित भएकी छन्। टीएमसी छाडेर भाजपाबाट उम्मेदवार बनेको शुभेन्दु अधिकारीसँग नन्दीग्राम सिटबाट ममता पराजित भएकी हुन्। कडा प्रतिस्पर्धामा ममता १९ सय मतले पराजित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। ममताले आफ्नो हारलाई स्वीकारसमेत गरेकी छन्। उनले आफूले हारे पनि पार्टीले जितेको भन्दै खुशी व्यक्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

२९२ सिट रहेको विधानसभामा टीएमसीले हालम्म १०१ सिट जितिसकेको छ भने अझै ११४ सिटमा अग्रता बनाएको छ। उता भाजपाले भने हालसम्म २२ सिटमा जित हात पारेको छ भने ५४ सिटमा अग्रता बनाएको छ।

कुनै बेला राज्यको सबैभन्दा बलियो पार्टी भाकपा र काँग्रेसको गठबन्धन भने पत्तासाफ भएको छ। यो गठबन्धनले एक पनि सिट जित्न सकेन। उता भाजपाले पश्चिम बंगला जित्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो। तर। सफल हुन सकेन। तर, २०१६ को तुलनामा भाजपाले निकै राम्रो प्रदर्शन गरेको छ। त्यतिबेला भाजपाले मात्र ३ सिट जितेको थियो। तर अहिले कम्तिमा ७६ सिट जित्ने अवस्थामा पुगेको छ।

उता असम र पुडडुचोरीमा भाजपाले बहुमत ल्याएको छ भने तमिलनाडुमा डीएमके र काँग्रेसको गठबन्धनले एआईएमके र भाजपाको गठबन्धनलाई पराजित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.