वैज्ञानिकले अर्को सम्भावित महामारी फैलिने स्थान, फैलाउने जीव र बच्ने उपाय पत्ता लगाए

डिसी नेपाल
२० वैशाख २०७८ १४:४४
3.1k
Shares

काठमाडौं। कोरोनाभाइरस महामारीले विश्वलाई आक्रान्त पारिरहेका बेला वैज्ञानिकहरुले अब आउन सक्ने अर्को सम्भावित महामारीको बारेमा पत्ता लगाएका छन् । वैज्ञानिकले यो महामारी कुन देशबाट र कुन जीवबाट फैलिने आशंका छ भन्ने समेत पत्ता लगाएका छन् । वैज्ञानिकले यो सम्भावित महामारी मानिसमा फैलिनबाट कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि बताएका छन् । वैज्ञानिकहरुका अनुसार यो सम्भावित महामारी ब्राजिलमा रहेको अमेजन जंगलमा रहेका जंगली चमेरा, बाँदर र मुसाको प्रजातिबाट फैलिन सक्ने बताएका छन् ।

साइन्स म्यागजिनमा प्रकाशित रिपोर्टअनुसार ब्राजिलको मानौसस्थित फेडरल युनिभर्सिटी अफ अमेजोनासका बायोलोजिस्ट मार्सेलो गोर्डो र उनको टिमले हालै कुलरमा तीनवटा ‘पाइड टेमेरिन’ प्रजातिका बाँदरको सडेका लाश भेटेका थिए । कसैले यो कुलरको विद्युत आपूर्ति बन्द गरिदिएपछि यी बाँदरका शव भित्रै सडेका थिए । मार्सेलो र उनको टिमले बाँदरको नमूना लिए त्यसपछि त्यसलाई फियोक्रुज अमेजोनिया बायोबैंक लिएर गए । यहाँ उनीहरुलाई सहयोग गर्न जीवविज्ञानी अलेसान्ड्रा नाभा आइन् । उनले बाँदरको नमूनाबाट प्यारासिटिक वर्म, भाइरस र अन्य संक्रामक एजेन्टको खोजी गरिन् ।

अलेसान्ड्राका अनुसार जसरी मानिसले जंगलमा कब्जा गरिरहेका छन् यस्तो अवस्थामा जंगली जनावरमा हुने भाइरस, ब्याक्टेरिया र प्याथोजेन्सहरुले मानिसमा आक्रमण गरेर संक्रमण फैलाइरहेका छन् । ठिक यस्तै गरी चीनमा जंगली जनावरबाटै मर्स, सार्स र कोभिड–१९ जस्ता भाइरस फैलिएका थिए । ब्राजिलको मानौसको चारैतिर अमेजनको जंगल छ र यो जंगल कैयौं सय किलोमिटरसम्म फैलिएको छ ।

मानौसमा २२ लाख मानिस बस्छन् । विश्वभर रहेका १४ सय चमेराका प्रजातिमध्ये १२ प्रतिशत अमेजनको जंगलमा मात्र बस्छन् । यसका अलावा यो जंगलमा बाँदर र मुखाका कैयौं यस्ता प्रजाति बस्छन् जुन जनावरमा भाइरस, ब्याक्टेरिया र प्याथोजेन हुन्छन् । यी संक्रामक सूक्ष्मजीवहरु कुनै पनि समयमा मानिसमा आएर संक्रमण फैलाउन सक्छन् । शरीकरण, जंगलमा सडक बनाउनु, बाँध बनाउनु, खानी बनाउनु र जंगल काट्नु संक्रमणको जोखिम बढाउने कारण हुन् ।

अलेसान्ड्रा र उनको टिक कैयौं वर्षदेखि कुन प्याथोजेन मानिसमा प्रवेश गरेर सामान्य स्वास्थ्य स्थितिलाई बिगार्न सक्छ भन्नेबारे खोजी गरिरहन्छन् । जनावरबाट मानिसमा फैलिने रोगलाई जुनोसेस भनिन्छ । ब्राजिलको मानौसमा पछिल्लो एक वर्षमा कोरोनाभाइरसका २ खतरनाक लहर आइसकेका छन् जसका कारण ९ हजार मानिसको मृत्यु भइसकेको छ । लकडाउन र संक्रमणको खतराका कारण नाभा र उनको टिमले एक वर्षदेखि फिल्ड सर्वे गरेका छैनन् ।

ब्राजिलको कोरोनाभाइरस भेरिएन्ट पी वन को उत्पत्ति मानौस सहरमै भएको थियो । फियोक्रुज अमेजोनिया बायोबैंक ब्राजिलको सेनाको पूर्व होटलमा चलिरहेको छ । यो प्रयोगशालामा १०० भन्दा धेरै किसिमका जंगली ननावरका विभिन्न जैविक नमूनाहरु राखिएका छन् । यहाँ ४० भन्दा धेरै प्रजातिका जीवका अंगका अवशेष पनि छन् । यीमध्ये धेरैजसो चमेरा, बाँदर, मुसा र अन्य स्तनधारी जीव छन् ।

अलेसान्ड्रा नाभाका अनुसार अर्को महामारी यिनै जनावरको शरीरमा रहेका ब्याक्टेरिया, भाइरस आदिबाट फैलिने आशंका छ । अलेसान्ड्रा र उनको टिमले विभिन्न प्रकारका जनावरबाट मानिसमा फैलिने भाइरल ज्वरो र फइलेरियाका अलग अलग प्रकारको खोजी गरेका छन् । साथमा रोग फैलाउने जनावर र प्याथोजेन्सको डिएनए पनि संग्रह गरिँदैछ ।

प्रिन्स्टन युनिभर्सिटीका बायोलोजिस्ट डेनिस क्यारोलका अनुसार अलेसान्ड्रा र उनको टिमले गरिरहेको काम मानिसलाई भविष्यका खतराबाट बचाउनको लागि अत्यन्तै जरुरी छ । अहिले अलेसान्ड्रा र उनको टिमले यस्तो भाइरसको अध्ययन गरिरहेको छ जसको बारेमा विश्वलाई कम मात्र थाहा छ । ओरोपाउच भाइरस नामको यो भाइरसमाथि अध्ययन पनि कम भएको छ । यो भाइरस लामखुट्टेको मिज भनिने एक प्रजातिबाट फैलिन्छ । यो लामखुट्टेको वैज्ञानिक नाम कलिकोएड्स प्याराएन्सिस हो । यो भाइरसका कारण ज्वरो, तीब्र टाउको दुख्ने, जोर्नी दुख्ने हुन्छ ।

ओरोपाउच भाइरसको खोजी १९५५ मा भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यसले ब्राजिलमा ३० पटक महामारीको रुप लिएको छ । यो भाइरसबाट ५ लाख मानिस बिरामी भइसकेका छन् । यो भाइरस पनामा, दक्षिण अमेरिकाका ६ देशसहित क्यारेबियन देश ट्रिनिडाड एण्ड ड्टोबागोसम्म फैलिइसकेको छ । यो भाइरस लिएर हिँड्ने लामखुट्टे अमेरिकी महाद्विपका कैयौं भागमा पाइन्छ । यसबाहेक साउदर्न हाउस लामखुट्टे समेत ओरोपाउच भाइरसको वाहक बन्न सक्छ । यसका कारण अफ्रिका, एसिया र अस्ट्रेलियामा पनि भाइरस फैलिने जोखिम छ । ओरोपाउच भाइरस स्लथ, मर्मेसेट्स, फिंचेर, चराहरु र केही स्तनधारी जीवमा पाइन्छ । यो भाइरसको संक्रमण पत्ता लगाउन मानिसको पिसाब र थुकको नमूना लिनुपर्छ ।

अलेसान्ड्रा र उनको टिम अर्को एउटा भाइरसका कारण पनि चिन्तित छन् । यो भाइरसको नाम मायारो भाइरस हो । यो भाइरस अहिले दक्षिण अमेरिकी देशमा तीब्र रुपमा फैलिइरहेको छ । यसको संक्रमण भएमा फ्लु जस्तो लक्षण देखिन्छ । सबैभन्दा समस्याको कुरा यो भाइरसबाट कोही मानिस संक्रमित भएमा डाक्टरहरुलाई यो रोग मायारो भाइरस हो, चिकनगुन्या हो वा डेंगु हो भन्ने छुट्याउनै कठिन हुन्छ किनकि यो भाइरसले लगातार मानिसको रोग प्रतिरोधी क्षमतालाई धोका दिन्छ ।

अलेसान्ड्राका अनुसार ब्राजिलमा अहिले सबैभन्दा ठूलो खतरा मायारो भाइरसको छ । मायारो भाइरस लिएर घुम्ले अमेजनमा लामखुट्टे हिमागोगस जेन्थिनोमिस केवल दक्षिण अमेरिकाको मध्य र उत्तरी भागमा पाइन्छ । तर, यिनका छिमेकी लामखुट्टे एलो फिभर मस्क्विटो र एसियन टाइगर मस्क्विटो पनि यो भाइरसको वाहक बन्न सक्छन् । एलो फिभर मस्क्विटोले आफूलाई सहरमा बस्नको लागि अनुकूल बनाइसकेको छ ।

अलेसान्ड्राका अनुसार मानौस र ब्राजिलमा ट्यामेरिन बाँदरबाट खतरा देखिएको छ । यो बाँदर पूरै ब्राजिलमा पाइन्छ । शहरी क्षेत्रको लागि अमेजनको जंगलबाट निस्किएका टेमरिन बाँदर, उत्तर अमेरिकी लोखर्के र रकुन ठूलो खतराको रुपमा देखिएका छन् । बाँदरमा फइलेरियाका निमेटोड्स पाइएका छन् । साथमा जिका भाइरस र चिकनगुनियाका भाइरस पनि यी बाँदरमा छ । ब्राजिलमा जिका भाइरस मानिसबाट बाँदरमा सरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.