विशेष अधिवेशनका लागि सांसदहरुको कोरोना परीक्षण हुँदै

डिसी नेपाल
२२ वैशाख २०७८ १०:०६
60
Shares

काठमाडौं । बैशाख २७ गते हुने विशेष अधिवेशनको लागि सांसदहरुको कोरोना परीक्षण गरिँदै छ। संसद सचिवालयका अनुसार आज सभामुखसहित सबै सांसदहरुको कोरोना पिसिआर परीक्षण गरिने छ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ।

भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने पनि सचिवालयले जनाएको छ।

संसद सचिवालयका अनुसार नयाँबानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म पीसीआर परीक्षण हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *