राष्ट्रियसभाकाे उपनिर्वाचनमा रामबहादुर थापालाई मतदान गर्ने राप्रपाकाे निर्णय

डिसी नेपाल
५ जेठ २०७८ १२:३९
4
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको उप–निर्वाचनमा नेकपा एमाललेलाई मतदान गर्ने निर्णय भएको बताएको छ। राप्रपाले आज विज्ञप्ति जारी गर्दै नेकपा एमालेका तर्फबाट राष्ट्रियसभाका लागि सांसद पदका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्ने निर्णय गरेको हो।

जेठ ६ गते (भोली) बाग्मती प्रदेशमा रिक्त रहेको १ जना राष्ट्रियसभा सांसद पदको लागि निर्वाचन हुँदै छ। राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभाको उपनिर्वाचनमा बागमति प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदमा नेकपा (एमाले) का उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अनुरोध सहितको पत्र प्राप्त भएको छ। यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ।’

‘साथै सो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार श्री राम बहादुर थापामगरको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *