प्रधानमन्त्री ओली र कांग्रेस नेताहरुबीच छलफल हुने

डिसी नेपाल
६ जेठ २०७८ ८:३१
4
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच भेटघाट पनि हुने भएको छ।

बुधबार बसेको काग्रेस संसदीय दलको बैठकले कोरोनाको नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो। उक्त ध्यानाकर्षण गर्ने निर्णयको पत्र बुझाउन सभापति देउवा सिंहदरवास स्थित प्रधानमन्त्री कार्यालय जाने भएका हुन्।

देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेताहरु पनि भेटवार्तामा सरिक हुने नेपाली कांग्रेसले जनाएको छ। बढ्दो कोरोनाको महामारीका बेला कांग्रेसले सरकारसँग छलफल गर्न खोजेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *