एमाले स्थायी कमिटी : पार्टी आदेश विपरीत मतदान गर्ने नेताको व्यवहारको भत्र्सना

डिसी नेपाल
६ जेठ २०७८ १५:५४
792
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीको आदेश विपरित राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्ने नेताहरुको व्यवहारप्रति भत्र्सना गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी आदेश विपरित राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्ने नेताहरुको व्यवहारप्रति भत्र्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

यसैगरी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतका विषयमा भएको प्रगतिका विषयमा सदस्यहरुलाई ब्रिफिङ गरेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले आजै बस्ने मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन बोलाउने निर्णय गर्ने जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *