जेठ ९ गतेका लागि संसद अधिवेशन आव्हान गर्न मन्त्रिपरिषद्को सिफारिस
काठमाडौं। संसदको बजेट अधिवेशन यही जेठ ९ गतेका लागि बोलाउन सरकारले सिफारिस गरेको छ। विहीबार बसेको मन्त्रिपरिषद बैठकले जेढ ९ गते अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
जेठ १५ मा बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बजेट अघि संसदले सरकरको नीति तथा कार्यक्रम पनि पारित गर्नुपर्ने हुन्छ। तर, अहिले एमालेको अल्पमतको सरकार रहेकाले यो प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने अन्यौल छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment