काँग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आव्हान गरेपछि काँग्रेसले बैठक बोलाएको हो।
काँग्रेस मुख्यसचिब कृष्णप्रसाद पौडेलले राष्ट्रपतिले सरकार गठनका लागि आव्हान गरेको विषयमा छलफल गर्न शुक्रबार बिहान ९ बजेका लागि वर्तमान तथा पूर्व पदाधिकारी बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment