काँग्रेस महाधिवेशन मिति सर्‍यो

डिसी नेपाल
२९ जेठ २०७८ १८:११
1.0k
Shares

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशन मिति सरेको छ। आगामी भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति तोकिएकोमा शनिबार बसेको पार्टी पदाधिकारीको बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको एक नेताले जानकारी दिए। उनका अनुसार अब महाधिवेशनको नयाँ मिति भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय पदाधिकारी बैठकले गरेको हो। यो निर्णय पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरिने ती नेताले जानकारी दिए।

महाधिवेशन मितिमात्र नभएर महाधिवेशनका अन्य कार्यतालिका पनि परिवर्तन गरिएको छ। वडा अधिवेशनको मितिसमेत १० दिनले पछाडि सारिएको छ।
पदाधिकार िबैठकमा सभापति शेरबहादुर देउवाले जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै त्यसका लागि महाधिवेशनको मिति सार्न प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा सबै नेताहरुले सहमति जनाएका थिए। अब छिटै बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *