जसपा विवादः सिंगो पार्टीमाथि दावी गर्न उपेन्द्र समूहलाई कानुन व्यवसायीको सुझाव
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेका बेला मंगलबार अध्यक्ष उपेन्द्र यादव समूहले कानुन व्यवसायीसँग छलफल गरेको छ। जसपा निकट कानुन व्यवसायी र अध्यक्ष यादव तथा संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईलगायत शीर्ष नेताहरुबीच छलफल भएको हो।
छलफलमा कानुन व्यवसायीहरुले राजनीतिक दल सम्बन्धी नियामवलीको दफा ४३ र ४४ अनुसार सिंगो पार्टीमाथि दावी गर्दै निर्वाचन आयोग जानुपर्ने सुझाव दिएका छन्। दफा ५१ अनुसार उपेन्द्र समूहले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, लक्ष्मण लालकर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको भन्दै दल दर्ता कतिावमा विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई दिएको निवेदन आयोगले खारेज गरेको थियो।
सो विषयमा सर्वोच्च अदालत जाने कि नजाने भन्ने विषयमा कानुन व्यवसायीसँग मंगलबार यादव–भट्टराईले छलफल गरेका हुन्। कानुन व्यवसायीले सर्वोच्चमा जानुभन्दा सिंगो पार्टीमाथि दावी गर्नु उपयुक्त हुने सुझाव दिएका छन्।
कानुन व्यवसायीको सुझावपछि यादव–भट्टराईले शीर्ष नेताहरुसँग छलफलपछि आवश्यक निर्णय लिने बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment