नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो

डिसी नेपाल
१२ साउन २०८३ १६:१४

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ। आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो। दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ।

डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ। पहिरो खस्ने जोखिम अझै कायमै रहेको उनले जानकारी दिए।

पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउने कार्य सुरु गरिएको उनले बताए। चालीस मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको छ।

यो सडक काठमाडौंको लाइफलाइनका रूपमा रहेको छ। यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *