बाढी-पहिरो प्रभावितलाई तत्काल राहत र उद्धारकाे व्यवस्था गर्न कांग्रेस नेता सिंहकाे अपिल
फाइल फाेटाे
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले त्यहाँको जनजीवन कष्टकर बनाएको भन्दै तत्काल उद्दार राहतको लागि सरकार गम्भीरताका साथ पहल थाल्न अपिल गरेका छन्।
नेता सिंहले खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको भन्दै बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
‘खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको छ। बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदछु,’ नेता सिंहले सामाजिक सञ्जालमार्फत् भनेका छन्।
उनले थप क्षति हुन नदिन सरकारलाई तत्काल काम अघि बढाउन समेत आग्रह गरेका छन्। नेता सिंहले तत्काल राहतको प्याकेज घोषणा, घाइतेहरुको उपचार, विस्थापितको व्यस्थापन कुनै कसुर बाँकी नराख्न सरकारसँग अपिलसमेत गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment